झापा, जेठ १० । विभिन्न माग राखी कृषकहरुले झापाको गौरादहमा चक्काजाम गरेका छन् ।

आज बिहान ७ देखि ८ बजेसम्म गौरादह नगरपालिका –८, चन्दन चोकस्थित पाडाजुँगी–गौरीगंज सडकखण्डमा जोरपल उच्च कृषक समूहको आयोजनामा कृषकहरुले एक घण्टा चक्काजाम गरेका हुन् ।

जोरपल कृषक समूहका अध्यक्ष इन्द्र पोखरेलको नेतृत्वमा करिब ३५ जना स्थानीय कृषकहरुको उपस्थितिमा “सरकारले तोकेको मूल्य पाउनुपर्ने, मल, बीउ, विषादि समयमा पाउनुपर्ने, ट्रयाक्टर जोताई दररेट कम हुनु पर्ने र कृषि सिँचाई महशुल पुरै छुट हुनु पर्ने” लगायतका ४ सुत्रीय माग राखी प्रदर्शन गरेका छन् ।

हातमा हलो जुवा, कोदालो र विभिन्न माग लेखिएको प्लेकार्डसहित चक्काजाम गरेको प्रहरीले जनाएको छ । चक्काजाम गरेता पनि सवारी साधनहरु सडकको साइड किनाराबाट सुचारु रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्