झापा, जेठ १० । झापाको दमकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

आज बिहान अन्दाजी ८ बजे दमक नगरपालिका वडा न.४ चियादोकान चोकस्थित पूर्वपश्चिम लोकमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको को १ ख ७४५१ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको प्रदेश न.१–०१–०१७ प १९२३ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक पाँचथर मिक्लाजुङ गाउँपालिका वडा न.१ स्थायी वतन भई हाल बिर्तामोड नगरपालिका वडा न.६ बस्ने ४१ वर्षीय अईन्द्रकुमार आङदम्वे र सोही मोटरसाइकलमा पछाडी सवार बाह्रदशी गाउँपालिका वडा न.४ बस्ने १९ वर्षीय रबिन सोरेन घाइते भएका छन् । दुबै घाइतेको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ ।
बस, मोटरसाइकल र बस चालक मोरङ सुन्दरहरैचा नगरपालिका वडा न.१० बस्ने ४२ वर्षीय बिरबहादुर भुजेललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।