
मेरो जन्मभूमि, मेरो कर्मभूमि
म जन्मिए सभ्यता र संस्कृतिको निधि लिएर
राष्ट्रियताको गहिरो ममता लिएर
महापुरुषको पदचापसँग ,
साधना सिकें, कर्तव्य सिके ,
साधना, तपस्या, प्रेम र सद्भाव सिकें ।
वीर पुर्खाको वलिदानसँग
साहस बटुले र त्याग सिकें ।
क्रान्तिसँगै आएका नवीन आयामहरुसँग
मैले समाज सिकें ।
यो प्रकृति र पर्यावरणसँग
जीवन जीउने कला सिकें ।
जाति, भाषी र सस्कृतिको विविधतासँग
एकताको सुुत्र सिकें ,
त्यही धागोमा मैले सद्भाव उन्न सिकें ।
फराकिलो फाँट टेकेर
अग्लो शिखरको शितलतालाई चुम्दै
शान्त , स्निग्ध र सौम्य संदेश प्रवाह गर्न सिके
धन्य छ मेरो धर्ती,
पुण्य छ मेरो मेरो जन्मभूमि
प्राचिन सभ्यताको उद्गम बिन्दू
गौरव छ मेरो देश ,
मेरो नेपाल ।।।