झापा, जेठ ११ । उदयपुरको कटारीमा १४ वर्षीया नाबालिकालाई सामूहिक बलात्कार गर्ने चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कटारी– ४ गबुवा बस्ने होटल संचालक २५ वर्षीय सुजन भन्ने राजकुमार तामाङ, सोही ठाउँ बस्ने १९ वर्षीय पुजन श्रेष्ठ ,२० वर्षीय नबिन श्रेष्ठ र २० वर्षकै जीवन तामाङ रहेका छन् ।

उनीहरुले शुक्रवार राति अन्दाजी ९.३० बजे उदयपुर कटारी –४ गबुवा बस्ने १४ वर्षीया नाबालिकालाई सुजन भन्ने राजकुमार तामाङको होटलको कोठामा लगेर जबरजस्ती करणी गरेका थिए ।

उनीहरुमाथि कानुन बमोजिम कारबाही गरी पाऊँ भनी हिजो साँझ पीडितको आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएकी थिइन् । तत्कालै इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिएर उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो । पीडित बालिकाको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्