झापा, जेठ १३ । मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गंभीर घाइते भएका छन् ।

गएराति ९.२५ बजे उर्लावारी– ३ सोल्टी पुलस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट पथरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५३प २५०५ नम्बरको मोटरसाइकलले पैदलयात्री झापा मेचीनगर – १ बस्ने ५८ वर्षीय लक्ष्मीनारायण राजवंशीलाई ठक्कर दिएको हो । टाउकोमा चोट लागेका राजवंशीको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मोटरसाइकल चालक धरान –१५ घर भई हाल उर्लाबारी –३ बस्ने ३२ वर्षीय इश्वर शंकर सामान्य घाइते भएका छन् । उनको दाहिने खुट्टामा चोट लागेको छ । दुबै घाईतेलाई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे पठाइएको थियो ।
त्यहाँबाट थप उपचारका लागि राजवंशीलाई न्यूरो हस्पिटल विराटनगर लगिएको इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक रन्जन बरालले जानकारी दिए । मोटरसाइकल अस्थायी प्रहरी चौकी मंगलबारेको नियन्त्रणमा रहेको छ ।