झापा, जेठ १३ । रुखबाट लडेर इलाममा एकजना घाइते भएका छन् ।

आज दिउँसो ३;१५ बजे इलाम नगरपालिका– ९ गोलाखर्क भञ्ज्याङ बस्ने ४० वर्षीय डम्बर गौतम आफ्नो बारीको काभ्राको रुखको घाँस झार्ने क्रममा रुखबाट लडेर घाइते भएका हुन् ।

पेट र कानमा सामान्य चोट लागेर घाइते भएका गौतमको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्