झापा, जेठ १४ । इलाममा अर्काको घरमा गएर बलात्कार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ ११ गते दिउँसो इलाम सूर्योदय नगरपालिका १२ शेर्पा गाउँ बस्ने सांकेतिक नाम पशुपति ढ १ की श्रीमती ४७ वर्षीया सांकेतिक नाम ०८१÷०८२ पशुपती ढ लाई सोही ठाउँ बस्ने ४७ वर्षीया दावा शेर्पाले घरमा कोही नभएको बेला धाकधम्की दिई जवरजस्ती करणी गरेका थिए ।
पीडितका श्रीमानले हिजो बिहान प्रहरी चौकी आइतबारेमा मौखिक जानकारी र इलाका प्रहरी कार्यालय पशुपतिनगरमा पीडित आफै उपस्थित भई जाहेरी दिएपछि पीडक दावा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित र पीडक दुबै जनालाई स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल इलाममा लगिएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।