झापा,जेठ १४ । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ ।

विदेशी विद्यार्थीको सामाजिक संजाल जाँच अनिवार्य बनाउने तयारीका लागि यस्तो निर्णय गरिएको हो ।
ट्रम्प प्रशासनले अमेरिकी दूतावासहरू र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा आवेदकहरूको नयाँ अन्तर्वार्ता समय तालिका रोक्न आदेश दिएको छ ।
ट्रम्प प्रशासनले यो योजना कार्यान्वयन गरेमा यसले विद्यार्थी भिसा प्रक्रियालाई ढिलो बनाउने बताइएको छ । अमेरिकामा विश्वविद्यालयहरूको आर्थिक अवस्था विदेशी विद्यार्थीमा निर्भर भएकाले यो निर्णयले धेरै विश्वविद्यालयहरूलाई पनि असर गर्न सक्ने बताइएको छ ।
पोलिटिकोका अनुसार भविष्यमा सामाजिक सञ्जाल जाँचले के खोज्ने हो भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गरेको छैन । तर, यसले आतंकवादीहरूलाई र यहुदीविरोधी भावना रोक्ने कार्यकारी आदेशप्रति लक्षित रहेको सङ्केत दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्