झापा, जेठ १४ । इलाममा घाँस काट्ने क्रममा सर्पले डसेर एक महिला घाइते भएकी छन् ।

हिजो दिउँसो १.३० बजे इलाम चुलाचुली –१ राईटोल बस्ने ५५ वर्षीया इन्दिरा राई आफ्नै बारीमा घाँस काट्ने क्रममा उनलाई सर्पले डसेको थियो । दाहिने खुट्टाको मुनि नली खुट्टामा टोकी घाइते भएकी इन्दिरालाई उपचारको लागि रेडक्रस दमक ल्याई उपचार भइरहेकोमा आज बिहान थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ ।

बिरामीलाई आइसीयुमा राखी उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्