झापा, जेठ १५ । झापाको मेचीनगर १० खयरडाँगीस्थित टिमाई खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृतकको पहिचान खुल्न सकेको छैन । आज दिउँसो अन्दाजी १२ः३० बजे पहाडे मुलको जस्तो देखिने अन्दाजी वर्ष ४० का पुरुष टिमाई खोलामा घोप्टो परी मृत फेला परेको देखेसंगै स्थानीयले प्रहरीलाई खवर गरेका थिए । स्थानीयको भनाई अनुसार मृतक ४÷५ दिन अगाडिदेखि धुलावारी बजारमा मागेर खाँदै हिड्ने गरेको बुझिएको छ ।

इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको कमाण्डमा टोली खटिएर आवश्यक अनुसन्धान तथा मुचुल्का गर्ने कार्य सम्पन्न भई मृतकको शव प्रादेशिक अस्पताल भद्रपुरको शवगृहमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्