झापा, जेठ १६ । आरु टिप्ने क्रममा रुखबाट लडेर इलाममा एकजना घाइते भएका छन् ।

आज मध्यान्ह १२ बजे इलाम देउमाई नगरपालिका ९ जितपुर बस्ने २५ वर्षीय मंगलसिंह लिम्बू आरु टिप्ने क्रममा आरुको रुखबाट लडेर घाइते भएका हुन् ।

उनलाई प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात् थप उपचारको लागि कन्काई अस्पताल बिर्तामोड ल्याइएको छ । घाइतेको टाउको र दाहिने आँखामा चोट लागेको र अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्