झापा, जेठ १७ । वर्षा शुरु नहुँदै माई खोलाको बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको छ ।

गएराति परेको हावासहितको पानीले माई खोलामा आएको बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको हो । झापा गाउँपालिकाको वडा नं २ सुगाबथान , कुवारी , मिलनबस्तीलगायतका मानव बस्तीमा पानी पसेको हो ।

त्यहाँ करिव एक फुट पानी पसेको हाम्रा संवाददाता बरतलाल राजवंशीले जनाएका छन् । घरघरमा पानी पसेपछि मानिसहरु घर छोडेर बाटोमा भेला हुन थालेका छन् ।बाढीले किसानहरुको मकैबालीमा ठूलो क्षति गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्