झापा, जेठ १७ । वर्षाका कारण आएको बाढीले इलाम चुलाचुली– १ कुमाले खोलामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुल बगाएको छ ।

ढलान गर्नका लागि तयार गरिएको सेट्रिङको बिच भाग दविएको र १० फिट लम्बाई भएको पक्की वाल समेत दवेर क्षति भएको हो । क्षतिको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै इलाम माई नगरपालिका–७ खैरेनीस्थित महमाईबाट लारुम्बा जाने भित्री पक्की सडकखण्डमा बर्षाका कारण पहिरो झरी बाटो पूर्णरुपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्