बिर्तामोड,जेठ १९ । नेशनल प्याब्सन (एन प्याब्सन) लाई चलायमान बनाउन शिक्षासेवी धर्मराज माझी झापा जिल्ला संयोजकमा चयन भएका छन् ।

नेशनल प्याब्सन (एन प्याब्सन) को केन्द्रीय समितिले शिक्षासेवी माझीको संयोजकत्वमा नेशनल प्याब्सन (एन प्याब्सन) झापा जिल्ला संयोजन समिति गठन गरेको हो । संयोजन समितिको सदस्यहरुमा सुवर्ण भट्टराई ,धिरजनारायण गणेश,हरि धिमाल,लक्ष्मी ढकाल,प्रवासी चौधरी,पुजा कट्टेल, खेम दाहाल र बिमल राजवंशी रहेका छन् ।

यो समितिले आगामी असार मसान्तसम्म पुराना सदस्यलाई आवद्ध गराई नयाँ सदस्य बिस्तार गर्दै विभिन्न शैक्षिक कार्यक्रम गर्ने जनाएको छ । अधिवेशनपश्चात् नयाँ कार्यसमिति गठन गरिने संयोजक माझीले बताए। एन प्याब्सन झापासंग बिगतमा ७५ वटा विद्यालय आवद्ध रहेका थिए । यो संयोजन समितिले त्यसलाई बढाउने माझीको भनाई छ ।

बालमैत्री र प्रविधियुक्त शिक्षा, आजको अपरिहार्यतालाई अंगिकार गर्दै एन प्याब्सनले देशव्यापी कार्यशाला गोष्ठीहरु एक सञ्चालन गरिरहेको जनाइएको छ ।

वर्षेनि पाठ्यक्रम परिवर्तनसँगै विद्यार्थीहरुमा ल्याएको अन्योलतालाई तथा गुणस्तरमा ल्याएको तरलतालाई निस्तेज पार्न कम्तिका ३ वर्ष लागु हुनेगरि समानान्तर पाठ्यक्रम लागू गर्दै स्थायी ढंगको निरन्तर सिकाई प्रक्रियालाई अघि बढाउने नीतिसहित एन प्याब्सन अघि बढेको माझीले बताए ।

कार्यक्रममा जिल्ला संयोजन समितिका सदस्य सुवर्ण भट्टराई र हरि धिमालले समेत एन प्याब्सन झापालाई नयाँ उचाईमा पुर्याउने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्