झापा,जेठ १९ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाओ र इनड्राइभका १०२ जना चालकलाई कारबाही गरेको छ ।

यातायात बन्दको मौका छोपेर धेरै भाडा लिने र अफलाइनमा यात्रु ओसार्न बार्गेनिङ गर्नेहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए ।
धेरै भाडा असुलेको आरोपमा ६ जनालाई कारबाही गरिएको छ । ९६ जनालाई ‘अन्य’ शीर्षकमा कारबाही गरिएको एसपी गिरीले बताए ।
उनले भने, ‘अफलाइन बसेर बार्गेनिङ गर्ने लगायतका गतिविधिमा संलग्नहरू ९६ जनालाई कारबाही गरिएको छ ।’