झापा, जेठ २० । रुखको हाँगाले लागेर इलाममा एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो २;३० बजे इलाम सूर्योदय नगरपालिका ७ सिंग्रान बस्ने रामबहादुर लाप्चाको जग्गामा रहेका रूखहरु किनेर ठेकेदार सूर्योदय ८ बस्ने बिनोद बुढाथोकी र गजेन्द्र कार्कीले काटिरहेका थिए ।

रुख ढाल्ने क्रममा सूर्योदय ८ बस्ने २६ वर्षीय निरोज लाप्चालाई रुखको हाँगाले टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त स्थानमा प्रहरी चौकी हर्कटेबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्