झापा, जेठ २१ । झापा गाउँपालिकामा लाखौंको चोरी भएको छ ।

गएराति झापा गाउँपालिका वडा न.१ सिद्धिनगर टोल बस्ने खेमराज कोचको घरबाट सुन–३ तोला, चाँदी–१७ तोला, मोबाइल , लेडिज साइकल र नगद २ लाख गरी अन्दाजी ८ लाख ३० हजार बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
खेमराज कोच कामको सिलसिलामा बिदेशमा रहेको र घरमा बुबा आमा सुतिरहेको अवस्थामा घरमा राखेको दराजको ताल्चा फुटाई नगद र गरगहना चोरी भएको भन्ने बताइएको छ ।