झापा, जेठ २१ । झापाको दमकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज साँझ अन्दाजी ७.२० बजे दमक नगरपालिका वडा न.७ पशुहाट डाँडास्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमकतर्फ जाँदै गरेको प्र.१–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दमक ४ बस्ने ३६ वर्षीय मिलन थापा गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि आर्य न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ८;४० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

बस चालक गौरादह ४ बस्ने ३२ वर्षीय सरकार टुडु र दुबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्