झापा, जेठ २४ । झापा बुद्धशान्तिका एक व्यक्तिले आफ्नो शरीरमा चक्कु प्रकार गरी घाइते बनाएका छन् ।

हिजो दिउँसो अन्दाजी ३ बजे बुद्धशान्ति गाउँपालिका वडा नम्वर –१ साधुकुटी बस्ने ५३ वर्षीय टंकनाथ कट्टेलले धारिलो हतियार चक्कुले आफ्नै शरीरको दुबै हात, दुबै खुट्टा र पेटमा प्रहार गरेका हुन् ।
घाइते कट्टेलको बुधवारेस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट टोली खटिएर बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । कट्टेलले बिगत लामो समयदेखि अत्यधिक मादक पदार्थ सेवन गरी परिवारसंग झै–झगडा गरिरहने बुझिएको छ ।