झापा , जेठ २५ । रुखबाट लडेर झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ ।

आज बिहान मेचीनगर २ संगम टोल बस्ने ६४ वर्षीय मित्रलाल नेपालको आँगनमा रहेको आँपको रुखबाट लडेर मृत्यु भएको हो । हाँगा काट्न रुख चढेका नेपाल अनियन्त्रित भएर लडेका थिए ।

बिहान ८ बजे घाइते भएका नेपाललाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा बिहान ९.३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रविण श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्