झापा , जेठ २५ । इलाममा रुखबाट लडेर एकजना घाइते भएका छन् ।

आज बिहान ९ः४५ बजे इलाम देउमाई नगरपालिका ४ बुधबारे बस्ने ३७ वर्षीय वेदप्रसाद श्रेष्ठ सोही ठाउँ बस्ने छिमेकी बिदुर श्रेष्ठको बारीमा रहेको काभ्रोको रूखमा घाँस काट्न चढेका थिए । घाँस काट्ने क्रममा रुखबाट अन्दाजी २० फिट तल लडेर उनी घाइते भएका हुन् ।
उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे ल्याई सामान्य उपचारपश्चात् थप उपचारको बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।