झापा, जेठ २९ । झापाको कमल गाउँपालिका वडा नं ७ पाथिभरा टोल बस्ने ४६ वर्षीय दिपक लकान्द्री मृत फेला परेका छन् ।

आज दिउँसो ४.२५ बजे स्थानीय छत्र दाहालको खाली खेतमा उनी मृत भेटिएका हुन् ।

खेतधनी दाहालले फेला पारी इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराउनसाथ अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इप्रका दमकबाट टोली गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्