दमक, जेठ ३० । दमकका व्यवसायी विष्णु शाह तेली १० हजार धरौटीमा छुटेका छन्।

चार दिनअघि पक्राउ परेका उनी विहीबार धरौटीमा रिहा भएका हुन् ।
प्रहरीले शाहलाई अभद्र व्यवहारसम्बन्धी उजुरीको आधारमा पक्राउ गरी मुद्दा चलाएको थियो। दमक ७ का किराना व्यवसायी हुन्।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईका अनुसार इटहरी निवासी जङ्गबहादुर गोस्वामीले आफूमाथि शाहले कुटपिट गरेको उजुरी दर्ता गरेका थिए ।
उजुरीलगत्तै निज शाहलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रण लिएको थियो। जाहेरीमा गोस्वामीले चार दिनअघि व्यापारको विषयमा दमक –६ को एक पसलमा अन्धाधुन्ध कुटपिट गरेको उल्लेख छ।