झापा, जेठ ३१ । मोरङमा स्कुटरमा पछाडि बसेकी श्रीमतीको मृत्यु भएपछि श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।


मोरङको रतुवामाई नगरपालिका–६ कादुपाडामा ५४ वर्षीय भवानीप्रसाद बस्नेतले चलाइरहेको स्कुटर दुर्घटना हुँदा पछाडि सवार उनकी श्रीमती ५६ वर्षीया बिष्णुकुमारी खड्काको मृत्यु भएको हो। आमबारी–उर्लाबारी सडकखण्डअन्तर्गत कादुपाडाबाट रंगेलीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४९ प ७५५४ नम्बरको स्कुटरको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बिष्णुकुमारी घाइते भई उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो ।

टाउकोमा चोट लागेर गंभीर अबस्थामा पुगेकी मिर्गौला रोगी बिष्णुकुमारीको उपचार हुन नसक्ने भन्ने चिकित्सकको सल्लाह अनुसार अस्पतालबाट घरमा ल्याएकोमा बिहान ५ बजे मृत्यु भएको हो ।

विष्णुकुमारीको मृत्युपछि श्रीमान भवानीप्रसादलाई इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएको हो । रंगेली अस्पताल रंगेलीमा शवको पोस्टमार्टम गरी छोरा बिक्रम बस्नेतले शव बुझी लगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्