झापा, असार १ । बिर्तामोडबाट खाद्य सामग्री लिएर इलामको जितपुर जाँदै गरेको प्र१–०१–००१ च ९७७८ नं.को पिकअप इलाम नगरपालिका ११ सोयाकको आहालेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

आज साँझ ७ः०५ बजे सोे पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो । दुर्घटनामा गाडी मालिक बिष्णु पराजुलीको मृत्यु भएको हो । झापा खुदुनाबारी घर भई हाल इलाम देउमाई ९ नवमी बजारमा व्यवसाय गर्दै आएका ३८ वर्षीय बिष्णु पराजुलीको मृत्यु भएको बताइएको छ ।

त्यस्तै गाडी मालिक पराजुलीकी छोरी ८ वर्षीया प्रेयन्सा पराजुली र इलाम देउमाई ९ जितपुर बस्ने २२ वर्षीय आइतबहादुर लिम्बू घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्