झापा, असार २ । इलाममा १३ वर्षीया बालिकालाई जवर्जस्ती करणी गर्ने किशोर पक्राउ परेका छन् ।

जेठ ३० गते राति ८ बजे १३ वर्षीया नाबालिकालाई ललाई फकाई माई नगरपालिका ८ चेपेखोला छेउमा रहेको बाँसको कटेरोमा जवर्जस्ती करणी गरेको उजुरीका आधारमा १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडितकी आमाले प्रहरी चौकी महमाईमा मौखिक जानकारी गराउनसाथ प्रहरी टोली खटिएर माई नगरपालिका ७ लक्ष्मी खोलामा फेला पारी आरोपितलाई नियन्त्रणमा लिएको हो । जिल्ला अदालत इलामबाट ५ दिनको म्याद लिई उनीमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्