झापा, असार ३ । नाबालिकालाई जवरजस्ती करणी गरी फरार भएका झापा मेचीनगर ४ का ३० वर्षीय प्रेम लिम्बू पक्राउ परेका छन् ।

हिजो बिहान ९ बजे मेचीनगर १० बजार क्षेत्रमा हिडडुल गरिरहेको अबस्थामा इलाका प्रहरी कार्यालय धुलाबारी र अस्थायी प्रहरी पोष्ट मंगलबारेको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । . उनलाई पक्राउ गरी इप्रका धुलाबारीमा राखिएको छ ।
जेठ २१ गते राति ९.३० बजे बुद्धशान्ति वडा न.४ मंगलबारेमा १६ वर्षीया नाबालिकालाई लिम्बूले ललाई फकाई जवरजस्ती करणी गरी फरार भएका थिए ।