झापा, असार ४ । इलाममा मानसिक सन्तुलन ठीक नभएकी एक युवतीमाथि जबरजस्ती करणी भएको छ ।

घटना भएको आठ महिनापछि पीडितले प्रहरीलाई जाहेरी दिएका छन् । गत मंसिर ३० गते राति इलाम देउमाईमा मानसिक सन्तुलन ठिक नभएकी १९ वर्षीया युवतीलाई उनकै बहिनीको ब्वायफ्रेन्डले जबरजस्ती करणी गरेका थिए ।

हिजो जिल्ला प्रहरी कार्यालय इलाममा पीडितका बुबाले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी खटिएर पीडकको खोजतलास भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्