झापा, असार ४ । उदयपुरमा दुई युवायुवती मृत फेला परेका छन् ।


आज बिहान ५ बजे उदयपुरको चौदण्डीगढी नगरपालिका वडा न. ४ मा एक युवती र एक युवकको शव फेला परेको हो ।

बाटो छेउमा लडिरहेको अवस्थामा अन्दाजी १७ वर्षीया मन्जु राईको शव फेला परेको हो भने नजिकै आँपको रुखमा झुण्डिएको अवस्थामा २८ वर्षीय रविन राईको शव फेला परेको छ । रबिनले मन्जुको हत्या गरि आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्