झापा, असार ४ । विराटनगरमा टिपरको ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–३ पञ्चेश्वर मन्दिरअगाडि को१क ९५३ नम्बरको टिपरले प्र १–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई दिउँसो २ः३० बजेतिर ठक्कर दिएको थियो।
दुर्घटनामा परेर स्कुटरमा पछाडि सवार विराटनगर महानगरपालिका–१२ का अन्दाजी ४८ वर्षीय सुशील बजगाईंको मृत्यु भएको हो । शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बजगाईंलाई उपचारका लागि बूढीगंगाको विराट शिक्षण अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै टिपर र चालक कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कुलदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सकुशल छन्।