झापा, असार ५ । बालयौन दुरूपयोगको आरोपमा मोरङ उर्लाबारी ७ स्कुलडाँडास्थित राधिका माविका शिक्षक तीर्थकुमार श्रेष्ठमाथि उजुरी दर्ता भएको छ ।

गत जेठ २६ गते दिउँसो २ बजे कम्प्युटर कक्षा कोठामा सामाजिक विषय पढाउने शिक्षक झापा दमक बस्ने ५५ वर्षीय श्रेष्ठले सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रालाई छातीमा हात लगाई समाउने, शरीरमा हातले सुमसुम्याउने र चलाउने समेत गरि बाल यौन दुरूपयोग गरेका थिए ।

पीडित छात्राकी दिदीले हिजो साँझ इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिएकी हुन् । पीडित बालिकालाई शारीरिक स्वास्थ्य परीक्षणको लागि कोशी अस्पताल बिराटनगर पठाइएको छ ।

आरोपित शिक्षक श्रेष्ठ फरार रहेकाले इप्रका उर्लाबारीबाट प्रहरी निरीक्षक रन्जन बरालको कमाण्डमा प्रहरी टोली खटिएर खोजतलास तथा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्