झापा, असार ५ । अपहरण मुद्धाका फरार प्रतिवादी ज्ञानबहादुर रसाईली मेचीनगरबाट पक्राउ परेका छन् ।

हिजो साँझ ५.१५ बजे मेचीनगर नगरपालिका वडा नं २ बाट ६० वर्षीय रसाईलीलाई पक्राउ गरिएको हो । इलाम नगरपालिका १० गोदक घर भई उनी मेचीनगर २ मा बस्दै आएका थिए ।

अपहरण मुद्धामा रसाईलीलाई ३ महिना २३ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्