झापा, असार ५ । अविरल वर्षाका कारण इलामको फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलमा क्षति पुगेको छ ।

गएराति परेको अविरल वर्षाका कारण इलाम नगरपालिका ९ गोलाखर्कस्थित फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलमा क्षति पुगेको हो ।
आज बिहान ८ बजे प्रहरी चौकी गोलाखर्कमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर बुझ्दा बिमानस्थलको पूर्वतर्फको रनवेको बिच भाग चिरा परी जमिन भाँसिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सो स्थान जीर्ण अवस्थामा रहेको जनाइएको छ ।