झापा, असार ५ । शौचालयमा लडेर झापाको हल्दिवारीमा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–४ ऐनावारीका ४९ वर्षीय अमनलाल मेचे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान साढे ७ बजेको समयमा मेचे शौचालयमा लडेको देखेपछि आफन्तजनले उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । अस्पतालका चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।