झापा, असार ५ । इलामका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

इलाम रोङ गाउँपालिका ४ बस्ने ७४ वर्षका वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाको लक्षण देखिएपछि प्रादेशिक अस्पताल भद्रपुरबाट ती वृद्धको स्याम्पल संकलन गरेर एक साताअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाइएको थियो । जुन स्याम्पलको पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएको प्रादेशिक अस्पताल भद्रपुरको प्रयोगशालाले जनाएको छ ।
अस्ति बेलुका रिपोर्ट आएर हिजो बिहान सम्बन्धित व्यक्तिलाई जानकारी गराइएको थियो । केही दिनअघि झापा बिर्तामोडकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।