झापा, असार ६ । इलाममा पूर्ण अपांगता भएकी महिलालाई जवरजस्ती करणी गर्ने एकजना पक्राउ परेका छन् ।

बुधवार साँझ ५ः३० बजे पूर्ण रुपले अपाङ्गता भएकी ४६ वर्षीया महिलालाई इलाम नगरपालिका ६ गढी बस्ने ३२ वर्षीय नरबहादुर विश्वकर्माले जवरजस्ती करणी गरेका थिए ।
हिजो जिल्ला प्रहरी कार्यालय इलाममा पीडितका श्रीमानले जाहेरी दिनासाथ प्रहरी टोली खटिएर पीडक विश्वकर्मालाई नियन्त्रणमा लिएको छ ।