झापा, असार ७ । वीरता जेसीजको प्रोजेक्टको रुपमा रहेको वीरता जुनियर जेसीजले सनलाइट म्यूजिक स्टुडियो एण्ड स्कुललाई वाद्य सामग्री प्रदान गरेको छ ।

आज एक कार्यक्रमका बीच वीरता जुनियर जेसीजले सनलाइट स्टुडियोलाई गितार प्रदान गरेको हो । युवाहरुमा भएको प्रतिभालाई उजागर गर्न सहयोग गर्ने उद्धेश्यले गितार प्रदान गरिएको वीरता जुनियर जेसीजका अध्यक्ष अस्मित गोसाईले बताए । अध्यक्ष गोसाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वीरता जेसीज २०१९ का अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष विशाल थापा , विशेष अतिथि वीरता जेसीज २०२३ का अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष घनश्याम चौधरीले सनलाइट म्यूजिक स्टुडियोका संचालक जोनी तामाङलाई सो वाद्य सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष थापा,सनलाइट म्यूजिक स्टुडियोका संचालक हेमा भण्डारी योञ्जनलगायतले मन्तव्य राखेका थिए । वीरता जेसीजका कोषाध्यक्ष एलसी श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा आस्था वाचन वीरता जुनियर जेसीजकी थिम डाइरेक्टर श्रव्या पराजुली र मिसन भिजन भाइस प्रेसिडेन्ट क्रिष्टिना पाण्डेले गरेका थिए ।

महासचिव ग्रिष्मा गौतमले संचालन गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष साहिल ढकालले धन्यवादसहित समापन गरेका थिए । वीरता जुनियर जेसीजले केही दिनअघि गट ट्यालेन्ट प्रतियोगिता गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्