झापा, असार ९ । ताप्लेजुङमा गौहत्यामा संलग्न चारजना पक्राउ परेका छन् ।

आज साँझ ५ः३० बजे ताप्लेजुङ फुङलिङ नगरपालिका –८ घुमाउने टोलमा गाई काटेर मासु भाग लगाइरहेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा फुङलिङ –८ बस्ने ६१ वर्षीय डिल्ली शेर्पा, सोही ठाउँ बस्ने ६० वर्षीय मानबहादुर तामाङ , ४८ वर्षीय पासाङ दावा शेर्पा र २९ वर्षीय सुवास तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले मासु, मासु काट्न प्रयोग गरेको २ थान खुकुरी र अचानो बरामद गरेको छ । उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्