झापा, असार ९ । सशस्त्र प्रहरीले मोबाइल पार्टस तथा इलेक्ट्रोनिक्स सामानहरु बरामद गरेको छ ।

आज दिउँसो २.५५ बजे मेचीनगर नगरपालिका ७ जोरसिमलस्थित पूर्वपश्चिम लोकमार्गमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा झापा मातहत (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकरभिट्टा झापाबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँँदै गरेको ३ लाख ५५ हजार ७०० रुपैयाँ बराबरको मोवाइल पार्टस तथा इलेट्रोनिक्स सामानहरु बरामद गरेको हो ।
ती सामानहरु आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिएका छन् ।