झापा, असार १० । पहिरो खसेर इलाममा बाटो अबरुद्ध भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण इलाम सन्दकपुर गाउँपालिका– ७ सुलुबुङमा पहिरो खसेर बिब्ल्याटे बजारदेखि जौबारी जोड्ने भित्री कच्ची सडकखण्ड अबरुद्ध बनेको हो ।स्थानीयले आज बिहान प्रहरी चौकी जमुनामा जानकारी गराउनसाथ प्रहरी वरिष्ठ हवल्दार लक्ष्मण वस्नेतको कमाण्डमा प्रहरी टोली खटिएको छ ।
बाटो खुलाउन स्थानीय जनप्रतिनिधिहरुसंग आवश्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।