झापा , असार ११ । मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ ।

लागूऔषध कसूरमा कैदी जीवन बिताइरहेका सुनवर्षी नगरपालिका वडा नं २ बस्ने २४ वर्षीय उमेश दर्जीको उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो आउने, दुवै खुट्टा सुन्निने समस्या भएपछि उनलाई गत जेठ ३० गते कोशी अस्पताल बिराटनगरमा भर्ना गरिएको थियो । थप उपचारको लागि असार ३ गते साँझ ७;३० बजे बिराट टिचिङ अस्पताल गंगाचोकमा लगि भर्ना गरी उपचार भइरहेकोमा हिजो साँझ ७;५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

लागूऔषध कसूरमा गत पुष ४ गतेबाट ५ बर्ष २ महिना र ७ हजार रुपैयाँ जरिवाना तोकी उनले कैद भुक्तान गरिरहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्