झापा, असार १२ । इलाममा ट्रकको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।

आज बिहान ११ः१५ बजे इलाम नगरपालिका १ सीटीइभीटीस्थित मेची राजमार्गमा पाँचथरबाट इलामतर्फ आउँदै गरेको प्र १–०१–००१ख ४१८९ नं. ट्रकलाई सोही दिशाबाट इलामतर्फ आउँदै गरेको मे ९ प १७६२ नं को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा उक्त ट्रकको पछाडीको भागमा मोटरसाइकल आफै ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ११ बस्ने ३५ वर्षीय शुक्र लिम्बू घाइते भएका छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम लगिएको छ । ट्रक चालक मेचीनगर ११ बस्ने ३३ वर्षीय महेन्द्र बास्कोटा र ट्रक अस्थायी प्रहरी विट नेपालटारको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्