बिर्तामोड, असार १४ । देशभरि बजार विस्तारको क्रममा रहेको रोयल पेन्टसले पहिलो पटक पूर्वी नेपालका डिलरहरुसंग भेटघाट तथा अन्तरक्रिया गरेको छ ।

बिर्तामोडमा एक कार्यक्रम गरी रोयल पेन्टसले आफ्ना उत्पादका बारेमा जानकारी गराउँदै डिलरहरुको गुनासो सुनेको हो । सन् २०१० मा चितवनको भरतपुरमा रोयल पेन्टस् कम्पनी स्थापना भएको हो । गत माघ महिनादेखि रोयल पेन्टसले डिस्ट्रिव्यूटर राखेर साविक मेची अंचलमा आफ्नो बजार विस्तार गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि रोयल पेन्टसका प्रवन्ध निर्देशक परमेश्वर भण्डारीले नेपाली उत्पादन भनेपछि अरुचि नदेखाउन ग्राहकलाई आग्रह गर्दै स्वदेशी उत्पादनहरुलाई माया र प्रोत्साहन गर्न आग्रह गरे । उनले रोयलले वाटर बेस र वाल बेस गरी दुवै प्रकारका रंगहरु बजारमा ल्याएको जानकारी दिए । कार्यक्रममा रोयल पेन्टसका कन्ट्री मेनेजर विकास भट्टराईले पनि आफ्ना कम्पनीका विशेषताहरुका बारेमा प्रकाश पारेका थिए ।कार्यक्रममा विभिन्न डिलरहरुले जिज्ञासा राखेका थिए ।

नेरोलक ट्रेडर्सका मिलन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा मंगल स्टोर बुधवारेका गोपाल सापकोटा , मंगलदीप सप्लायर्स चारआलीका मोहन अधिकारी , पाठक कलर हाउस बिर्ताबजारका भक्ति पाठक , सोमनाथ ट्रेडर्सका हरि घिमिरे , श्रीराम इन्टरप्राइजेजका तिलक पौडेललगायतले आ–आफ्ना जिज्ञासा राखेका थिए । कार्यक्रमको संचालन कोपिला बजगाईले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्