झापा, असार १४ । भूमि समस्या समाधान आयोग धनकुटाकी अमिन १९ वर्षीया दिपशिखा मगर बेपत्ता भएकी छन् ।

संखुवासभा मकालु गाउँपालिका वडा नम्बर ५ घर भई हाल धनकुटा नगरपालिका वडा नम्बर ५ देव्रेबासमा रहेको भूमि समस्या समाधान आयोग धनकुटामा अमिनको रुपमा विगत ३ महिनादेखि कार्यरत मगर बिहीवार साँझ ५ः३० बजेदेखि बेपत्ता भएकी हुन् ।
उनकी आमाले हिजो दिउँसो हुलियासहितको निवेदन दिनसाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटिएर खोजतलास भइरहेको छ । मगर कन्चनपुर जिल्ला घर भएका अभिजित बोहरासँग भागेको हुन सक्ने बुझिएको छ ।