झापा, असार १६ । झापाको बिर्तामोड बसपार्कमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

अर्जुनधारा– ११ बसपार्क बस्ने मोतीबहादुर खड्काले आफ्नो टिनको छानो,टिनको घेराबारा भएको एकतले घरमा सञ्चालन गरेको खड्का फर्निचरमा मध्यरातमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट फर्निचरमा रहेको काठ चिर्ने मेसिन र काठपातहरु पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १२ लाख बराबरको धनमाल क्षति भएको छ ।

अस्थायी प्रहरी पोष्ट बसपार्कमा जानकारी प्राप्त हुनासाथ खटिएका प्रहरी,बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्