झापा, असार १८ । अपरिचित व्यक्तिहरुको खुकुरी प्रहारबाट ताप्लेजुङ फुङलिङ – ७ खोपे बस्ने ३० वर्षीय सुरेन पालुङवा लिम्बू गंभीर घाइते भएका छन् ।

आज बिहानको राति १२.३० बजे फुङलिङ– ७ कफी हाउसनजिकै लिम्बूलाई दुईजना अपरिचित मानिसहरुले एक्कासि धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।
घाइतेको बायाँ खुट्टा र बायाँ हातको नाडीमा गहिरो चोट लागेको छ । खुकुरी प्रहार गर्ने मानिसहरुको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।