झापा, असार १८ । घाँस काट्न जाँदा सर्पले टोकेर सुनसरीमा एक महिलाको मृत्यु भएको छ ।

हिजो साँझ ६;३० बजे सुनसरी देवानगंज वडा नं. १ मध्याहर्षाही बस्ने ५५ वर्षीया कल्सी मेहता बारीमा घाँस काट्न जाने क्रममा उनलाई सर्पले टोकेको थियो । मेहतालाई अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्