झापा, असार १८ । प्रतिबन्धित औषधीसहित दमकमा एक युवक पक्राउ परेका छन् ।


आज दिउँसो १२ः३० बजे दमक वडा न. ९ क्याम्पस मोडमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक वडा न.९ देउराली टोल बस्ने १९ वर्षीय सागर कुमाललाई प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो ।

उनले पछाडी बोकेको कालो रंगको झोला चेकजाँच गर्दा झोलाभित्र बिक्री वितरण गर्ने उद्देश्यले बोकी हिडेको डिसे –२० लेखेको ९ पत्ता ( ९० पिस ), ट्रामाडोल ९ पत्ता ( ९० क्याप्सुल ) फेला परेको थियो । प्रतिबन्धित औषधीसहित कुमाललाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इप्रका दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्