झापा,असार १९ । चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ बिहीबार सार्वजनिक गरिएको छ ।

वैदेशिक रोजगारी विषयवस्तुमा बनेको फिल्मको गीतमा पनि प्रेम र वैदेशिक रोजगारी रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।
रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेको स्वर रहेको गीतका शब्द प्रदीप भारद्वाजको भने संगीत रामचन्द्र काफ्लेको छ ।गीतमा अभिनेता प्रमोद चौलागाईं र अभिनेत्री निता अधिकारीको अभिनय देख्न सकिन्छ ।
गीतको बोलले नै केटी पक्षबाट ज्वाइँको रूपमा विदेशमा कमाउने केटाको अपेक्षा रहेको स्पष्ट पार्छ । गीतले प्रमोद र निता दुवैका पात्रहरूको पृष्ठभूमि र उनीहरूको सम्बन्धलाई प्रारम्भिक रूपमा दर्शकमाझ परिचित गराउन मद्दत पु¥याएको छ ।
गीतले नेपाली समाजमा वैदेशिक रोजगारीले सिर्जना गरेको आर्थिक र सामाजिक प्रभाव पनि झल्काउन खोजेको छ । चलचित्रको निर्देशन विभोर पोखरेलले गरेका हुन् । फिल्मले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गर्ने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्