बिर्तामोड, असार १९ । झापा बिर्तामोडको सफल क्लब रेड स्टार फुटबल क्लबको अध्यक्षमा देवेन्द्र राउत निर्वाचित भएका छन् ।

आज बिर्तामोडमा भएको दोस्रो अधिवेशनले राउतलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
क्लबको वरिष्ठ उपाध्यक्षमा लबकुमार चौधरी, उपाध्यक्षमा प्रवीण गौतम, सचिवमा प्रेमकृष्ण श्रेष्ठ, सहसचिवमा सडकलाल राजवंशी र कोषाध्यक्षमा ममता भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा भुवन तामाङ, मनिष शंकर, निकेश लिम्बू, रमेश गुरुङ, वासु उप्रेती, किरण थापा, झलकसिंह राजवंशी र नारायण गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।

समितिमा श्रेष्ठले तेस्रो कार्यकाल सचिवमा दोहो¥याएका छन् भने सदस्यमा निर्वाचित शंकर टिम व्यवस्थापकका रुपमा रहेको निर्वाचन समितिका संयोजक हिमाल बस्नेतले जानकारी दिए ।

यसअघि क्लबका अध्यक्ष राजकुमार विश्वकर्माको अध्यक्षतामा भएको खुलासत्रमा प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अतिथिहरु झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, कांग्रेसका नगर सभापति भोजराज सिटौला, नेकपा एमालेका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड–५ का वडा अध्यक्ष रोहित प्रसाईंलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बिर्तामोड साना शहरी खानेपानी संस्थाका अध्यक्ष मेघराज बास्तोला , बिर्तामाोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश शिवाकोटी , रेडक्रस सोसाइटीका सजेश शिवाकोटी, क्लबका सल्लाहकार प्रवेश कटुवाललगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनकै सन्दर्भका अध्यक्ष विश्वकर्मालाई सम्मान गरिएको थियो । क्लबमा पु¥याएको योगदानको मूल्यांकन गर्दै विश्वकर्मालाई सम्मान गरिएको हो ।

क्लबका सहसचिव लबकुमार चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए ।क्लबले कोशी प्रदेशका विभिन्न आधा दर्जनभन्दा बढी फुटबल प्रतियोगितामा उपाधि जितेको छ भने दर्जनभन्दा बढी प्रतियोगितामा उपविजेता बनेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्